Breaking News

हरिसिद्धिमा मन्त्रीको गाडीले बच्चीलाई ठक्कर

ललितपुर । नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दशत्र आउने प्रतिनिधिको गाडीले हरिसिद्धि घुम्तीमा बालिकालाई ठक्कर दिएपछि अलिबाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ आज पनि चलिरहेको छ । हिजो सभामा पेस हुन नसकेका प्रतिवेदन आज पेस भइरहेका छन् । सभामा प्रतिनिधि जाने क्रम पनि रहेको छ । यसै क्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध गरेपछि महाधिवेशन एक घन्टा ढिलो गरेर सुरु भएको थियो ।

मन्त्री सवार गाडीले बालिकालाई सान्यय चोट लागेपछि लगत्तै ग्यार्कोको बि एड बी अस्पतालमा उपचार गरिएको छ । बच्चीलाई सामान्य चोट लागेको र उपचारमा सबै खर्च एमाले पार्टीले वेहोर्ने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्रीले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी कसैले राजनीति गर्न खोजेकोप्रति अध्यक्ष दुःख व्यक्त गरे ।