Breaking News

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने – सभापति शेरबहादुर देउवा

२१ भदौ, विराटनगर । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग बोल्ने क्रममा पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । उनले भने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।