नेकपा (एमाले) को पछिल्लो नवीकृत पार्टी सदस्यहरू ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेका सो पार्टीले जनाएको छ । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशनपछि ३० प्रतिशतले बढेको हो । महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टीमा अहिले ६४ हजार ७ सय ६ कमिटीमा फर्मेसन रहेको जानकारी दिए । कतिपय जनसंगठनको संख्या यकिन तथ्याङ्क अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १ सय ६१ सदस्य रहेको तथ्य महासचिवले पेश गरेका छन ।
डेढ लाख सदस्यहरू संगठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्कअनुसार, जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमहानगर, नगरपालिका, गाउँपालिका कमिटी १ हजार ६७ छन् ।
त्यसैगरी वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७ सय ७६ छन् ।
प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ छन् । कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी छन् ।
त्यसैगरी मधेस प्रदेशमा ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गरी कुल ७ हजार ९ सय ३० छ्न् ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी छन् । गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल गरी कुल ६ हजार ४ सय १५ कमिटी छन् ।
लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी कुल १० हजार ३ सय ७१ कमिटी रहेका छन् ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी छन् ।
सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेका पोखरेलले जानकारी दिए ।
त्यसैगरी समन्वय सम्पर्क अन्तर्गत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका
छन् ।
प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेको छ ।लप्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका, ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी छन् ।
तथ्याङ्कहरूलाई केलाउँदा जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता-कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६ सय ३३, वडामा १ लाख ७४ हजार २ सय ४५, टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन् ।

