काठमाडौँ । नकेपा एमाले दोस्रो विधान महाधिवेशन आजबाट गोदावरीमा सुरु हुँदैछ । महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पेस हुँदै छ । थापाले ७० वर्षे उमेरहद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मत लग्ने भएका हुन् । हिजो थापाले बिहीबार दिउँसो पार्टी कार्यालयमा दर्ता गरेको फरक मत आजबाट गोदावरीमा सुरु हुने विधान अधिवेशनमा छलफलका रूपमा लैजाने एमालेले जनाएको छ ।
हिजो बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको थियो ।

