१९ भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन दोस्रो विधान महाधिवेशन आजबाट सूर हुँदैछ । राजनीतिमा फर्किएका पूर्वराष्ट्रपति समेत रहेकी एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई भने एमाले नेतृत्वले बन्देज लगाएका कारण उनी सहभागी भने हुन पाउने छैनन् । तर उनले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई छुट्टै अपिल पत्र पठाउने भएकी छन् ।
महाधिवेशन प्रतिनिधिहरूलाई उनले आफ्नो विश्वास र आस्थामाथि एमालेले कुठाराघात गरेको सन्देश दिने तयारी गरेकी छन् । के कति कारण र कसरी आफूमाथि कदम चालियो भन्नेबारे उनले लिखित रुपमा बताउने तयारी गरेकी छन् ।
भण्डारी निकट स्रोतका अनुसार प्रतिनिधिहरूलाई कसैले पनि पार्टीमा आफ्नो जस्तो नियती भोग्न नपरोस् भन्ने सन्देश दिन खोजेकी छन् ।
भण्डारीले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यतामा आफ्नो जो मेरो गहिरो आस्था र विश्वासको जोडिएको तर त्यो सदस्यता रोक्ने कार्यलाई पार्टीले आफूमाथि गरेको कुठाराघातको रूपमा लिने गरेकी छन् ।
पार्टीको विशेष निर्णयबाट आफू राष्ट्रपति भएको र त्यो जिम्मेवारीबाट फर्केपछि पार्टीमै क्रियाशील हुन खोज्दा रोक्ने खोज्नुलाई उनले दुःखको विषय ठानेकी छन् ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको यही २०८२ साल श्रावण ५ र ६ गते बसेको बैठकले उनको सदस्यता कायम नरहेने निर्णय गरेको थियो ।
उनले सदस्यता नवीकरण गर्ने बेलामा र त्यसपछि पनि पार्टीका बैठकहरु बसेका र ती बैठकहरूमा कुनै प्रश्न नगरिएको तर अहिले मात्र यो कुरा ल्याएर आफूमाथि अन्याय गरेको भण्डारीको गुनासो छ ।

