१९ भदौ, काठमाडौं । आबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरमिा सूरु हुँदैछ । सो विधान महाधिवेशनमा देशभरीबाट प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । विधान महाधिवेशनको उद्घाटन बिहान ११ बजे प्रधानमन्त्री तथा एमाले अधयक्ष केपी शर्मा ओलीले गर्दछन् । महाधिवेशन भव्यताका साथ सम्पन्न गर्न विभिन्न रुपमा जिम्मा पाएका आयोजकहरुले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेर महाधिवेशन स्थल झकिझकाउ गरिसकेका छन् । महाधिवेशनमा अध्यक्ष ओलीका साथै महासचिव, उपाध्यक्ष, कोषाध्यक्ष, अनुसासन अध्यक्ष का प्रतिवेदन प्रस्तुत हुनेछन् ।
आजको विधान महाधिवेशनका बारेमा हिजो बसेको एमाले सचिवालय बैठकका पूर्वराष्ट्रपति तथा पूर्व उपाध्ययक्ष विद्यादेवी भण्डारीको विषय लामै वहस भएको बुझिएको छ ।
झण्डै पाँच घण्टा चलेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीबारे लामै छलफल भएको बुझिएको छ ।
स्रोतका अनुसार हिजोको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले पूर्व उपाध्यक्ष भण्डारीको बारेमा गरेको निर्णय सच्याउनुपर्ने धारणा राखेको थिए ।
एमालेको ५–६ साउनको केन्द्रीय कमिटी बैठकबाट पूर्वउपाध्यक्ष विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउन वरिष्ठ उपाध्यक्ष पोखरेलले लिखित पत्र नै प्रस्तुत गरेका छन्।
उनले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा रोक्न नमिल्ने तर्कहरू प्रस्तुत गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह भएरै संगठन विभागबाट विद्या भण्डारीको सदस्यता नवीकरण भएको तर्क गरेका पोखरेलले अरु पार्टी निर्णय सच्याउनलाई अरु प्रमाणहरू पनि प्रस्तुत गरेका छन् ।
भर्खरै मात्र एमालेकै नेतृत्व गरेर विद्या भण्डारीले चीन भ्रमण गरेको, संविधानले राजनीतिमा आउन रोक नलगाएको जस्ता तथ्यहरू पोखरेलले प्रस्तुत गरेका थिए । ‘पार्टी र आन्दोलनमा पर्ने दुरगामी नकारात्मक प्रभाव र परिणामको गम्भीर सम्भावनालाई समेत ख्याल गर्दै उक्त निर्णयप्रति आफ्नो असहमति राख्दै पार्टी विधानको धारा ७८ (१) मा भएको व्यवस्था बमोजिम मेरो फरक मतमा छलफल गरियोस् र पूर्वनिर्णयलाई सच्याइयोस्‘’, पोखरेलको फरक मतमा भनिएको छ ।
विद्या भण्डारीबारे गरिएको निर्णय सच्याउनुपर्ने पक्षमा बादलले पनि बोलेका थिए । प्राय मौन रहने बादलले हिजो बिद्यादेवी भण्डारीलाई राजनीतिमा रोक्ने निर्णयलाई गम्भीर रुपमा लिनुपर्ने बताएका थिए ।
संविधानमा प्रष्ट नलेखिएकाले पूर्वराष्ट्रपतिले लिएको निर्णयलाई अन्यथा लिन नहुने तर्क गरेका थिए । ‘यो विषयबारे संविधानमा क्लियर छैन, त्यसैले उहाँले इच्छा राख्नुलाई अन्यथा ठान्नु हुँदैन
बैठकमा योगेश भट्टराईले पनि विद्या भण्डारीको विषयलाई समाधान गरेर जानुपर्ने बताएका थिए । यतिकै जाँदा पार्टीभित्र समस्या थप बढ्ने उनको तर्क थियो ।
आजपनि उपाध्यक्ष ज्ञवालीले विद्या भण्डारीलाई रोक्न नहुने पूरानै अडान लिएका थिए । सार्वजनिक रुपमै ज्ञवालीले भण्डारीको पक्षमा वकालत गर्दै आएका छन् । ‘विद्या भण्डारीको सदस्यता कायम नहुँदा पार्टीभित्र बबण्डर पैदा भएको छ,’ उपाध्यक्ष ज्ञवालीले भनेका थिए, ‘हामीले पार्टीको हितका निम्ति भएपनि पूर्वराष्ट्रपतिलाई रोक्नु हुँदैन ।’
बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली र अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समेत कुनै हिसाबले पनि विद्या भण्डारीलाई रोक्ने निर्णय सही नभएको तर्क गरेका थिए।
बैठकमा पूर्वउपाध्यक्ष भण्डारीको पक्षमा सचिव गोकर्ण बिष्ट र योगेश भट्टराईले बोलेका छन् । सचिव बिष्टले सदस्यता नवीकरण नगर्ने निर्णयले एमालेप्रति राम्रो सन्देश नगएको तर्क गरेका थिए । ‘सदस्यता रोक्ने कुराले एमाले कति अनुदार छ भन्ने सन्देश गएको छ । यो सच्याउनुपर्छ भनेका थिए ।
एमालेलाई देशकै नेता पार्टीका रुपमा स्थापित गर्न पनि यो निर्णय सच्याउनुपर्ने बिष्टले बताएका थिए । ‘आन्तरिक लोकतन्त्र कमजोर हुँदा समाजको लोकतन्त्र पनि कमजोर हुन्छ ।
योगेश भट्टराईले पनि विद्या भण्डारीको विषयलाई समाधान गरेर जानुपर्ने बताएका थिए । यतिकै जाँदा पार्टीभित्र समस्या थप बढ्ने उनको तर्क थियो । ‘हामीले प्रतिक्रियाको राजनीति गरेर हुँदैन । उहाँका बारेमा उत्पन्न समस्याको समाधान खोज्नुपर्छ’, भट्टराईले भनेका थिए ।

