आज दिउँसो १ बजे ओमनबाट १६६ जना नेपाल आउँदै

१ असार, काठमाडौं । सरकारले आज सोमबार ओमानबाट १६६ जना समस्यामा परेका नेपाली स्वदेश ल्याउदैछ । ओमानस्थित नेपाली दूतावासले यसका लागि ओमानको सलाम एयरको विमान चार्टर गरेको छ ।

सो विमान दिउँसो साढे १ बजे काठमाडौं आईपुग्नेछ । यो विमानमा फर्किन यात्रुले ३६ हजार रुपैयाँ भाडा तिरेका छन् । जबकी नेपाल सरकारले पठाउन लागेको चार्टर्ड विमानको भाडा दुई पटक घटाउँदा पनि ४५ हजार रुपैयाँमा मात्रै झरेको छ ।

आज फर्किनेहरुको साथमा पीसीार नेगेटिभ आएको रिपोर्ट छ । उनीहरु सीधै होम क्यारेन्टिनमा जानेछन् । सो विमानले एक जना मृत नेपालीको शब पनि ल्याउनेछ ।

दूतावासले १८० जना नेपाली फर्किने गरी दोस्रो उडान असार ४ गते तय गरेको छ ।