Breaking News

पर्वतमा पहिरोबाट ८ जनाको मृत्यु एक वेपत्ता

१ असार, काठमाडौं । अस्ति राती पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा अविरल परेको वर्षाका कारण पहरे वनबाट पहिरो खस्न जाँदा ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिश विक र ७ वर्षीया प्रमिशा विक छन् ।

थप एक जनाको खोजी कार्य भइरहेको छ । १३ वर्षीय जेनिश विक अझैसम्म भेटिएकी छैनन् । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित गरिएको छ ।

९ जनाको शवलाई भने पोष्टमार्टमका लागि पर्वत जिल्ला अस्पताल पठाइएको छ ।