असार ७ गते आईतबार वलय सूर्यग्रहण लाग्ने

३२ जेठ, काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सुर्यग्रहण वलय भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ ।

सो दिन काठमाडौंमा सूर्यग्रहण १० बजेर ५३ मिनेटमा सुरू हुनेछ भने दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ । काठमाडौंबाट देखिने सुर्यग्रहणमा चन्द्रमाले ८५ प्रतिशतले ढाक्ने सोसाइटीले जनाएको छ । त्यस्तै सबैभन्दा बढी चन्द्रमाले सूर्यलाई ढाकेको देखिने धनगढीबाट हो । त्यहाँ देखिने चन्द्रमाले ९१ प्रतिशतले सूर्यलाई ढाक्नेछ ।

नेपालमा वलय देखिन सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने हुन्छ । जुन प्रदेश(१को दक्षिणपूर्वी भागबाट देखिन्छ,’ सोसाइटीका अध्यक्ष सुरेश भट्टाराईले भने,’यसअघि नेपालमा सन् १९६५को नोभेम्बर २३ तारिख बिहान देखिएको थियो ।

उनका अनुसार पूर्ण वलय सुर्यग्रहणलाई ’रिङ अफ फायर’ भन्ने गरिएको छ । जसलाई निकै दुर्लभ मानिन्छ ।

यो ग्रहणलाई नाङ्गो आँखाले नहेर्न भट्टराईले आग्रह गरेका छन् ।

हामीले यसलाई नाङ्गो आँखाबाट हेर्नु हुन्न । सुरक्षित तरिका अपनाउनु पर्ने हुन्छ,’ उनले भने,’ सूर्यग्रहण हर्ने विषेश खालको चस्मा हुन्छ, टेलिस्कोप, बाइनाकुलरबाट पनि फिल्टर राखेर हेर्नुपर्छ ।

टेलिस्कोप तथा बाइनाकुलरबाट हेर्दा पनि ध्यान पु¥याउनुपर्ने उनले बताए ।
’टेलिस्कोपबाट हेर्दा पनि फिल्टरलाई ध्यानपूर्वक मिलाएर राख्नु पर्ने हुन्छ । नजानेर फिल्टर आँखापट्टि राखियो भने आँखामा असर पर्छ,’ उनले भने ।

सूर्यग्रहण घरेलु तरिकाले पनि हेर्न सक्ने उनले बताएका छन् ।

सबैसँग टेलिस्कोप, बाइनाकुलर, चस्मा नहुन पनि सक्छ,’ भट्टराईले भने,’त्यसको लागि विषेश उपाय भनेको ’पिन होल क्यामेरा मेथड’ भन्ने तरिकाले हेर्दा पनि हुन्छ ।

छाँया पारेर हेर्ने विधिलाई पिन होल क्यामेरा मेथड भनिन्छ ।
एक कागजमा कलमले सानो प्वाल पार्नुस् र त्यो कागजलाई सूर्यतिर फर्काएर त्यहाँबाट निस्किएको प्रकाश कुनै भित्तामा पार्नुभयो भने छाँयाबाट सूर्यग्रहण देखिन सक्छ,’ उनले भने ।

सोसाइटीले आइतबार देखिने सूर्यग्रहण हेर्न देशका विभिन्न स्थानमा रहेका कार्यालयमा व्यवस्था मिलाइसकेको थियो । तर कोरोनाभाइरसको महामारीका कारण त्यसलाई रोकिएको सोसाइटीले जनाएको छ ।
त्यसको सट्टामा सोसाइटीले आफ्नो युट्युब च्यानल जततउस्ररथयगतगदभ.अयmरल्ब्क्इल्भउब िमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरिरहेको जानकारी भट्टराईले जानकारी दिएका छन् ।