Breaking News

ठूलो मात्रामा नगदसहित एक जना पक्राउ

९ भदौ, काठमाडौं । ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । करिब १ करोड बराबरको रकमसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

एआईजी टेक बहादुर तामाङका अनुसार, करिब ९०/९१ लाख भन्दा बढी रकम रहेको भन्ने सूचनाका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा गौरव स्याङ्तान नाम गरेका व्यक्ति छन् । उनको अन्य परिचय खुलिसकेको छैन ।