नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा महासचिव भेट्न ललितपुरको हरिसिद्धि पुगेका ाछन् ।
नेकपा महासचिव नेत्रविक्रम चन्दको निवासमा पुगेर प्रचण्डले करिब ४५ मिनेट कुराकानी गरका थिए । प्रचण्डले भेटवार्ताका साथै विप्लवले लगाएका धान खेत अवलोकन समेत गरेका छन् ।
प्रचण्ड र विप्लवबीचको भेटवार्ता समसामयिक राजनीतिक घटनाक्रम र पार्टी एकताकै विषयमा केन्द्रित भएको बुझिएको छ ।
साउनमा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो तर भदौ पहिलो साता कटिसक्दा पनि प्रक्रिया अघि बढिसकेको छैन।
माओवादीले पार्टी एकता गर्ने भनेर गरेको निर्णयलाई नेकपाले (एकतर्फी) भनेको पनि थियो। तर आज अचानक दुई नेताबीच भेटवार्ता हुनुमा अर्थ नै रहन्छ ।

