Breaking News

वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीले जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई एकीकृत समाजवादीले पनि कुनै जिम्मेवारी नदिएको भन्दै फेरि असन्तुष्टि जनाएको छ।

सोमबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा बोल्दै गौतमले आफैँ तेस्रो वरियातामा रहेर पनि पार्टीको भित्री कुरासमेत थाहा नभएको बताए ।

उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ ? समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’

उनले पार्टीका सबै शीर्ष नेता राजधानी केन्द्रीत रहने प्रवृत्तिका कारण पार्टी बलियो बन्न नसकेको बताए । उनले भने, ‘काठमाडौँ भित्र समाजवादीका नेताहरू धेरै छन्। थल्लो तहमा त निश्चय पनि नेताहरू छैनन् होला, तल्लो तहमा नेता छैनन् भन्ने मलाई लागेको पनि छ । त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ ।’