रुकुम घटनाको बारेमा माइतीघरमा बिरोध र प्रदर्शन

३२ जेठ, काठमाडौं । जेठ १० गते भएको रूकुम पश्चिमको चौरजहारीमा भएको ६ जनाको हत्याको विरोधमा आइतबार राजधानीको माइतीघरमा प्रदर्शन भइरहेको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार अपरान्ह प्लेकार्डसहित प्रदर्शन र बिरकेध गरेको छ ।

प्रदर्शनकारीले ‘जात हेरेर न्याय किन’, ‘यो देश दलितको पनि हो’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।

प्रदर्शनपछि आहुती, रवीन्द्र मिश्र, दुर्गा शोभ, श्याम श्रेष्ठले बोल्दै दलितमाथि कुनै पनि अन्याय मान्य नहुने बताउँदै रुकुम घटना सत्यतथ्य पत्ता लगाएर छानबिन गर्न आग्रह गरेका थिए ।