काठमाडौँ। हालै मात्र नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका वामदेव गौतमलाई पार्टीको आन बसेको सातौँ सचिवालय बैठकले पार्टीको तेस्रो वरीयताको जिम्मेवारी दिने निर्णय गरेको छ। केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि नेता गौतमलाई वरीयता तोकिएको हो। वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् ।
त्यस्तै राष्ट्रिय एकता अभियानबाट एकीकृत समाजवादीमा समाहित भएका नेताहरूलाई जिम्मेवारी दिइएको छ। डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी दिइएको छ भने अन्य भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहम्मद शेर वागवान केन्द्रीय सदस्यको जिम्बेवारी दिइएको छ ।

