काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले भैरहवा कारागारमा चैत्र २२ बाट जेल जिवन बिताइरहेका छने । उनले केही दिनअघि आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा दिएका थिए । सोही निवेदनमा आज सुनुवाइ हुँदैछ ।
बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गर्दै रूपन्देही अदालतमा यही साउन १९ गते निवेदन दिएका थिए । उनको निवेदनमा सुनुवाइका लागि आज पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ ।
लामिछानेले बिगोवापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक दाखिला गरिदिएको बताएका छन् ।

