Breaking News

राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाए

एजेन्सी१६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्।

सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ।

यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। केही दिनपछि ट्रम्पले ३१ जुलाई सम्मको समय दिएका थिए।

त्यसपछि ट्रम्प प्रशासनले ९० दिनभित्र ९० सम्झौता गर्ने लक्ष्य राखेको थियो । तर हालसम्म मात्र ७ देशहरूसँग सम्झौता भएको छ।

आदेश लागु हुनुअघि अमेरिका तर्फ आइरहेको सामानमा भने अघिल्लो नियमअनुसार नै कर लाग्नेछ । यसका लागि ५ अक्टोबर २०२५ अन्तिम म्याद तोकिएको छ।

ह्वाइट हाउसले सार्वजनिक गरेको जानकारी अनुसार लाओस, म्यानमार, सिरिया जस्ता देशहरूमा सबैभन्दा धेरै ४० प्रतिशत वा सोभन्दा बढी भन्सार शुल्क लगाइनेछ।

कुनै सामान अरू देशमार्फत कर बचाउन अमेरिका पठाइएको खण्डमा त्यसमा ४०प्रतिशत भन्सार शुल्क लाग्नेछ।

युरोपेली संघका सामानहरूमा सीधै १५ प्रतिशत भन्सार शुल्क लगाइएको छैन। यदि कुनै वस्तुमा पहिले १० प्रतिशत शुल्क लागिरहेको छ भने ५ प्रतिशत थप गरिनेछ। तर पहिले नै १५ प्रतिशत वा सोभन्दा बढी शुल्क लागिरहेको वस्तुमा थप भन्सार शुल्क लाग्ने छैन।

चीनका लागि भने मई २०२५ को कार्यकारी आदेश नम्बर १४२९८ लागु छ, जसमा कुनै परिवर्तन गरिएको छैन।

राष्ट्रपति ट्रम्पले ३१ जुलाईमा भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। यो ७ अगस्टबाट लागु हुनेछ। हालसम्म अमेरिका भारतमाथि १० प्रतिशत आधारभूत भन्सार शुल्क लगाइरहेको थियो।

अमेरिकाले रूसबाट हतियार र तेल किनेकै कारणले भारतमाथि थप जरिवाना लगाइने बताउँदै आएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले यो घोषणाको प्रभावको मूल्यांकन गरी राष्ट्रिय हितको संरक्षण गर्न सबै आवश्यक कदम चाल्ने बताएको छ ।

यो भन्सार शुल्कले विशेष गरी स्टिल, एलुमिनियम, गाडी उद्योग (अटोमोबाइल), वस्त्र (टेक्सटाइल), इलेक्ट्रोनिक्स, र गहनाहरू (ज्वेलरी) जस्ता क्षेत्रहरूलाई असर पार्न सक्ने भारतीय अधिकारीहरूले बताएका छन् ।