परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन

सरिता गिरी

३१ जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन् ।

प्रतिनिधि सभा बैठकले आफ्नो संशोधन प्रस्ताव अस्वीकार गरेपछि बाहिरिएकी गिरीले आफूले संशोधन राखेपछि धेरै फोहोरो गालीगलौज सामना गरेको बताइन् ।

’म महिलाको रूपमा बोल्दैछु, या त मैले आत्महत्या गर्नुपर्छ वा जंगको मैदानमा जानुपर्छ भन्ने भयो । महिलाले आफ्नो डिग्निटी र सेल्फ रेस्पेक्टको रक्षा गर्नुपर्छ भनेर म लागेको हुँ ।

राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार चेक गर्नु भएन भने नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो’, गिरीले भने, ’किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार ग¥यो । महिलाहरूले निर्माण गर्नुभयो ।

जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण भएको बताइन् ।

जब जातीय भावनामा राष्ट्रियता ल्याएर असहमत पक्षलाई आक्रमण गरिन्छ । त्यसमा हामी बेलमै सचेत भएन भनौं । यसको परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन ।

संसद बैठक जारी रहेको र संसदमा संविधान संशोधनको मतदान समेत हुन बाँकी छदै उनी ससदबाट बाहिरिएकी छन् ।