Breaking News

राजतन्त्रले गुमाएको भूमि , गणतन्त्रले फिर्ता ल्यायो

३१ जेठ, काठमाडौं । आज बसिरहेको प्रतिनिधिसभाको बैठकको शुरुमै बोल्ने क्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजतन्त्रका पालामा गुमेको भूमि फिर्ता लिने ठाउँमा आइपुगेकोले कुनै तानाशाहले दुनो सोझउने प्रयास नगरे हुन्छ भनेका छन् ।

प्रतिनिधिसभा संसद बैठकमा आज शनिबार प्रचण्डले राजतन्त्रले नेपाली भूमि गुमाएको र त्यो गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेको बताएका हुन् ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं,’ गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं । राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ । ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ ।

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

‘यो कुनै व्यक्ति विशेषले गर्ने कुरा मात्रै पनि होइन । राष्ट्रिय सहमति बनाएर मात्रै यस्ता कुरा टुंग्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएको थिएँ ।

अब कुटनीतिक र राजनीतिक संवादबाट भूमि फिर्ता ल्याइने पनि बताए । लिपुलेक विवादित क्षेत्र भनेर भारतले पनि स्वीकार गर्दै आएको प्रचण्डको भनाइ छ ।

भारतसँग नेपालले कुनै दुश्मनी नराख्ने ।

‘यो समस्या सधैंका लागि समाधान गर्न सबै नेता गम्भीर छौं । यो परिस्थिति आउनुअगाडि नै वार्ताबाट समस्या समाधान गर्न पाएको भए हुन्थ्यो । हाम्रोतर्फबाट अधिकतम प्रयास गरिएको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘भारतसँग मित्रता चाहेका
छौं । आवेगमा छैनौं। नक्सा जारी गर्नु भनेको भारतसँग दूरी बढाउनु होइन ।

प्रचण्डले भारत र चीनसँग संतुलित सम्बन्ध चाहेको बताए । नेपालको राष्ट्रिय मुद्दामा एकठाउँमा हुने सावित फेरि एकपटक विश्वसामु देखाएर सन्देश दिएको उनले बताए । प्रचण्डले राष्ट्रिय सहमतिका लागि पनि अपिल समेत गरेका
थिए ।

अध्यक्ष , प्रचण्ड