Breaking News

संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको फुटबल टोली डेनमार्कको डाना कपमा सहभागी हुँदै

काठमाडौं, जुलाई १६, २०२५ ः संस्कृति इन्टरनेशनल स्कूलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागीहुने भएको छ । विद्यालयको १४ वर्षमुनिकाबालक फुटबल टोलीले आगामीजुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमाआयोजनाहुने विश्वप्रसिद्ध डाना कप सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्वगर्दै सहभागीहुने भएको हो ।
यो प्रतियोगिताविश्वकै सबैभन्दाअन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका १,१०० टोलीहरू सहभागीहुँदैछन्। संस्कृति टोलीलाई औरियम स्पोट्र्स एकेडेमीले प्रशिक्षण र नेतृत्वगरिरहेको छ।
प्रतियोगिताको मुख्यविशेषताः
अन्तर्राष्ट्रिय सहभागिताः हरेक वर्ष २०,००० भन्दा बढी खेलाडी, प्रशिक्षक र रेफ्रीहरू एकै स्थानमा भेला हुन्छन्।
१४वर्षमुनिको समूहः १०० देखि १५० टोलीसम्म सहभागीहुने यस समूहमाविश्वभरका विद्यालयतथाक्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन्।पाँचदिनसम्मचल्ने राउन्ड–रोबिन खेलपछि ‘ए’ र ‘बी’फाइनल खेल हुने व्यवस्था रहेको छ ।
उक्तप्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र शटल बस सेवा सहितको सुविधा सम्पन्नपार्क भेन्डियामा खेलहरू सञ्चालनहुनेछ ।
सांस्कृतिकअनुभवः सहभागी टोलीहरू स्थानीयविद्यालयमाबसोबास गर्ने, जसले अन्तर्राष्ट्रिय मित्रता र सांस्कृतिकआदानप्रदानलाई प्रोत्साहन गर्छ।
ऐतिहासिकअवसर
संस्थापकनिर्देशक दीप्तिआचार्यले भन्नु भयो्, “डाना कपजस्तो अन्तर्राष्ट्रिय मञ्चमाप्रतिस्पर्धा गर्न पाउनु हाम्राविद्यार्थीहरूको लागि ऐतिहासिकअवसर हो। यसले उनीहरूको प्रतिभा, अनुशासन र फुटबलप्रतिको उत्साह देखाउँछ। हामीकेवल एक टोलीमात्रहोइन, नेपालकायुवाहरूको आत्मविश्वास र एकताको सन्देश बोकेर जानडेनमार्क लागेका हौं।” त्यस्तै प्रमुखप्रशिक्षक रमेशमहर्जनले भन्नु भयो, “हाम्रा खेलाडीहरूले निकै मेहनतपूर्वक तयारी गरेका छन्। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताबाट उनीहरूको सीप निखारिनेछ, सोचाई फराकिलो हुनेछ र खेलप्रतिको बुझाइ अझ गहिरो बन्नेछ। संस्कृति स्कूलले शिक्षा र खेलकुदको सन्तुलनलाई सधैं प्राथमिकतादिएको छ।”
डाना कपको महत्व
विश्वमै अन्तर्राष्ट्रियः सहभागी टोलीमध्ये ९०% टोलीहरू विदेशबाट आउँछन्, जसले हरेक खेललाई सांस्कृतिकअनुभव बनाउँछ।
प्रतिस्पर्धात्मकअवसरः विभिन्नक्लबका स्काउट र प्रशिक्षकहरूले उदीयमानप्रतिभाहरूको खोजी गर्ने उत्कृष्ट मौकापनिहो ।
सामुदायिक सहयोगःप्रतियोगिताबाट संकलितआम्दानी स्थानीय खेल गतिविधिहरूमालगानीगरिन्छ।
जीवनपाठः टिमवर्क, सहिष्णुता र विश्वनागरिकताको अनुभूति गराउने अवसर।
संस्कृति इन्टरनेशनल स्कूलको बारेमा
सन् २०१० मा स्थापनाभएको संस्कृति इन्टरनेशनल स्कूल काठमाडौंमाअवस्थित छ। विद्यालयले शैक्षिकउत्कृष्टताका साथै खेलकुद र सिर्जनात्मकगतिविधिमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिएको छ। हालविद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, र राष्ट्रिय खेलकुदप्रतियोगितामा सफलउपस्थितिजनाउँदै आएको छ। संस्कृति इन्टरनेशनल स्कूल दक्षिण एसियाको एकमात्रक्ष्लतभचलबतष्यलब िएचष्mबचथ ऋगचचष्अगगिm (क्ष्एऋ)मान्यताप्राप्त संस्थाहो।