वीरगञ्ज निजगढ– ६ का ५ वर्षीया बालको कोरोना उपचारकै क्रममा मृतु

३१ जेठ, वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बारा निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको हिजो शुक्रबार साँझ मृत्यु भएको थियो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

मृतक बालकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।

निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा जाँच गराएका थिए । उनीहरुले नै दिएको सुझावको आधारमा टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । प्रसूति अस्पतालबाट एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजे आकस्मिक कक्षमा ल्याइएका बालकको अवस्था गम्भिर थियो ।

भेन्टिलेटरमा राख्नु अघि आरडीटी अस्पतालमै उपलब्ध किटबाट आरडीटी परीक्षण गरिएको थियो । त्यसपछि नारायणी अस्पतालको किटबाट समेत परीक्षण गरियो । दुवैमा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइसकिएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिएका छन् । शवलाई गाउँमै लगेर सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने तयारी परिवारका सदस्यहरुले गरेका छन् ।
बाहेक) सरकारी तथा निजी कार्यालहरु, बैंक तथा वित्तीय संस्थाहरु, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (विरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।