मोटरसाईकलमा चालक बाहेक अरु बस्न नपाइने

३० जेठ, काठमाडौं । जारी लकडाउनलाई सरकारले जेठ २९ बाट केही खुकुलो गरेको छ । लकडाउन खुकुलो नीतिअनुसार मोटरसाइकलमा भने दुईजना चढ्न नदिने निर्देशन ट्राफिक प्रहरीको हातमा निर्देशन गइसकेको छ ।

यो नीति कार्यान्वयन गर्ने क्रममा मोटरसाइकल चालक र यात्रुमात्र होइन, नभएर ट्राफिक प्रहरी समेत ‘पीडित’ बनेका
छन् । शुक्रबार बिहानै काममा खटिएका ट्राफिकलगायतका प्रहरीहरूले यही नियमका कारण सर्वसाधारणको चर्को आलोचना खेप्नु परेको पनि छ ।

एक त आज जोर नम्बर भएका सवारीमात्र चलाउन पाइने दिन । त्यसमाथि कतिले श्रीमती वा श्रीमानलाई पछाडि राखेर मोटरसाइकल चलाएका छन् । कोही प्रहरीसँग हारगुहार गर्दै बिरामी आफन्तलाई पछाडि राखेर अस्पताल लैजाँदै छन् । निर्देशनअनुसार त्यस्ता मोटरसाइकल रोकेपछि प्रहरीले केही न केही व्यावहारिक अप्ठ्यारोको सामना गर्नु परेको छ ।

लामो लकडाउन र कोरोना नियन्त्रणमा सरकारको प्रभावहीनताबाट आजित बनेका सर्वसाधारणलाई प्रहरीको टाउको दुखाइ बनेका छन् । दुईजना चढेर आएको मोटरसाइकल रोक्दा अधिकांश ट्राफिक प्रहरीले चर्को मौखिक प्रतिवादको सामना गर्नुपरेको, भनाभन भएका दृश्य देखिएका छन् ।

आज यस्ता घटना काठमाण्डौं उपत्यका बिभिन्न ठाउँमा भएका छन् ।

श्रीमान्–श्रीमती आफ्नो मोटरसाइकलमा चढ्न नपाउने आज कस्तो अवस्था आयो र सरकारले कस्तो नियम लगायो सर्बसाधारण जनताको प्रश्न रहेको छ ।