पछिल्लो २४ घन्टा ४४८ जना कोरोना संक्रमित थपिए

३० जेठ, काठमाडौं । नेपालभर आज शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । वृद्धि अहिलेसम्मकै बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा ४४८ जना संक्रमित थपिएका हुन् ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जनालाई क्वारेन्टिनमा राखिएको छ । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ । तीमध्ये ८७७ जना उपचारपछि निको भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।