सरकारका बिरुद्ध देशभर प्रर्दशन

३० जेठ, काठमाण्डौं । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार देशभर विभिन्न जिल्ला र स्थानमा प्रदर्शन भएको छ ।

शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी , माइतीघर, सल्लाघारी, बौद्ध लगायत बिभिन्न ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् ।

त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका सहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् ।

केही दिनयता युवा तथा अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन् । विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका
छन् ।

सरकारले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ । तर त्यसको पनि वास्था नगरेर बिरोध भने भइरहेको छन् ।