१० असार, काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
उनको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे ।
भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै आएका उनीहरूले यो विषयमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायीयक आयोग गठनको माग राख्दै आएका छन् ।
प्रतिपक्षी दलको विरोध र अवरोधका बीच सभा सञ्चालन हुँदै आएको छ ।
बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।

