Breaking News

भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन

९ असार, काठमाडौं । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहने एक मन्त्रीले अनलाइनखबरलाई बताए ।

उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।