Breaking News

देशभरका १४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’प्रदान

काठमाडौँ । देशभरका १४ जना कृषकलाई ‘राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार’प्रदान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुने कृषकहरूमा कोशी प्रदेशबाट सुरेश कुमार मेहता ( आर्य कृषि फर्म)र रमेश साह (रमेश कृषि फर्म ) मधेस प्रदेशबाट भरत कुमार यादव( शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर ( निजगढ केरा एग्रीकल्चर ) बागमती प्रदेशबाट चेत प्रसाद ढकाल ( कालिका पशु विकास केन्द्र ) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली ) गण्डकी प्रदेशबाट छिरिङ ढोका गुरुङ ( ङवाङ हिसी कृषि तथा पशुपन्छी  अर्गानिक फर्म ) रहेका छन् ।

त्यस्तै बाटुली तिवारी(मित्र वाटिका कृषि फर्म) , लुम्बिनी प्रदेशबाट जयपाल मौर्य( खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत  पशुपालन तथा माछा फर्म) छन् ।

त्यस्तै कर्णाली प्रदेशबाट गोविन्द ओली ( तरकारी खेती)  र भरतनाथ योगी(सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म ) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छन् । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।