मणिपाल अस्पतालमा उपचाररत पर्वत कुश्माका एक युवकमा कोरोना पुष्टि

३० जेठ, पोखरा । पोखराकाको मणिपाल शिक्षण अस्पताल उपचाररत ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको
छ । सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि अस्पताल भर्ना भएका उनमा आज शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।

संक्तमित व्यक्ति कुश्मा–३ का हुन् । कुनै ट्राभल हिस्ट्री नभएको र दुर्घटना लगत्तै ती व्यक्ति उपचारका लागि पोखरा आएको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले जानकारी दिएका छन् ।

‘दुर्घटनामा उहाँको हात र टाउकोमा चोट लागेको छ, उपचारकै क्रममा कोरोना पाजेटिभ देखिएछ,’ उनले भने, ‘अस्पतालबाटै उनमा संक्रमण फैलिएको हुनसक्छ ।

मेयर जोशीले ती संक्रमित व्यक्तिको कुश्मामा पनि बाहिरी सम्पर्क नभएको र दुर्घटनापछि सिधैं अस्पताल गएकाले अस्पतालबाटै सरेको दाबी गरेका छन् । उनी अहिले अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा छन् ।

‘उनको शल्यक्रिया गर्ने कुरा थियो । अब कोरोना पोजेटिभ देखिएपछि त्यो पनि प्रभावित हुने भयो । अब अस्पताललाई नै अलि निगरानीमा राख्नुपर्ने भएको छ ।