२४ घन्टामा २५० कोरोना संक्रमित थपिदै ४६१४ पुगेको छ

२९ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज पछिल्लो २४ घन्टामा २५० कोरोना संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २५० कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ । तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् ।

सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ। अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।