रोल्पामा आज १४ जना कोरोना भाइरसका संक्रमित थपिए

२९ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिए आज रोल्पामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोल्पा अस्पतालका डा. अनिल केसीका अनुसार आज बिहीबार एक जना महिलासहित १४ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार संक्रमित सबै जना सुनिलस्मृति गाउँपालिकाका बासिन्दा हुन् । यससँगै रोल्पामा संक्रमितको संख्या १७ पुगेको छ ।

डा. केसीका अनुसार संक्रमित हुनेमा सुनिलस्मृति गाउँपालिका–४ का १०, वडा नम्बर ८ का ३ र वडा नम्बर ७ का एक जना छन् ।

संक्रमित पुष्टि भएका सबै जना भारतबाट आई विभिन्न विद्यालयको क्वारेन्टिनमा बस्दै आएकाहरु रहेको उनले बताए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ ।