कुवेतमा आममाफी पाएका महिलाहरु काठमाण्डौं आईपुग्य

२९ जेठ, काठमाडौं । कोरोना लकडाउनका कारणले रोकिएका र कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् ।

‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ । उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो ।

कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।