Breaking News

जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहालाई पक्राउ गरेको छ।

कुशवाहालाई अख्तियारले आज साँझ काठमाडौंबाट पक्राउ गरेको छ।

अख्तियारले जेठ १२ गते उनको घरमा छापा मारेको थियो । त्यतिबेला उनका ६५ वर्षीय स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ परेका थिए।

प्रदेश सांसद सिंह समेतले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर समितिको खातामा दाखिल भएको रकम आफ्नो निजी सचिव कायस्थमार्फत् झिक्न लगाउने गरेको आरोप छ।

सांसद सिंहले आफ्नो र श्रीमतीको बैंक खातामा रकम जम्मा गर्न लगाएर भ्रष्टाचार गरेको आरोप लागेको हो।

सिंह जनता समाजवादी पार्टी नेपालका महोत्तरी क्षेत्र नम्बर ४(ख)० का सांसद हुन्।