२९ जेठ, काठमाडौं । नेकपा एमालेको भातृ संगठनको २४औं राष्ट्रिय सम्मेलनमा कीर्तिपुरमा चलिरहेको छ । पार्टी नेतृत्वले सर्वसहमतिबाट नेतृत्व चयन गर्न भने पनि बिद्यार्थीमा सहमति नजुटेपछि आज नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमा तेस्रोपटक निर्वाचन तालिका संशोधन गरिएको थियो । तर सहमति नजुटेपछि आज बिहानबाट ८ बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको छ ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ । त्यसका लागि ४० बढी मेसिन तयारी अवस्थामा राखिएको छ ।
एक हजार ५०० बढी प्रतिनिधिहरुले पदाधिकारीसहितको नयाँ कार्यसमिति चुन्ने छन् ।
अनेरास्ववियुको अध्यक्ष पदमा डा. सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
खुला उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी र गणेशबहादुर शाही उम्मेदवार छन् । यसैगरी महिला उपाध्यक्षमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवार छन् ।
महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ ।
उपमहासचिवमा अमर बहादुर शाही, कमल जोशी, प्रेमिका शाही तथा सचिवमा रक्षा बम, रोहित बम, मनोज राई, अनुप लामिछाने, स्मृती बराल, रेखा न्यौपाने, मदन भण्डारी, आकाश अधिकारी लगायत उम्मेदवार छन् ।

