काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
विस्तारित सडक अन्तर्गत ७५ फिट क्षेत्रभित्र निर्माण भएका घर टहरा हटाइएको आयोजनाले बताएको छ ।
राजमार्गको सीमाभित्र निर्माण संरचना हटाउने विषयमा मुआब्जालगायतको विषयमा लामो समयसम्म विवाद भएका कारण साढे दुई वर्षसम्म राजमार्गको सीमाभित्र निर्माण भएका संरचना हटाउन समस्या भएको थियो

