२२ जेठ, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले नेपालको अहिलेको अवस्थाबारे समीक्षा र अन्यसरकारी निकायबीच परामर्शपछि टीपीएस खारेज गर्ने निर्णय भएको यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेवसाइटमा उल्लेख छ ।
‘डिपार्टमेन्ट अफ होमल्याण्डका सचिव क्रिस्टी नोएमले नेपालमा अब टीपीएसको कानुनी निष्कर्ष पूरा नहुने निष्कर्ष निकालेकी छन्’,सूचनामा भनिएको छ । नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ को राति ११ः५९ बजे अन्त्य हुने भनिएको छ । अर्थात्, टीपीएस मान्यतामा अमेरिकामा बसेका नेपालीले त्यसअघि नै स्वदेश फर्किनुपर्नेछ ।
‘यदी तपाईं टीपीएस स्टाटसमा अमेरिका बसिरहनु भएको छ र यहाँ बस्ने अन्य वैधानिक आधार नभए नेपाल फर्किन तयार हुनुस्’, सूचनाम भनिएको छ, ‘अमेरिका छाड्ने मनसायभ एमा तपाईं सीबीपी मोबाइल एप पनि प्रयोग गर्न सक्नुपर्छ ।’

