Breaking News

म माथि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गबाट मुद्दा दायर भयो – माधवकुमार नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरुद्ध अख्तियारले बिषेश अदालतमा मुद्दा दायर गरेपछि साँझ बसेको पार्टीको छलफल कार्यक्रमपछि बाहिरिने क्रममा माधव नेपालले आफू विरुद्ध अख्तियारले दायर गरेको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् ।

अध्यक्ष नेपालले, पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा यस्तो छलफल गरेका हुन् । बैठकपछि एकीकृत समाजवादीले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।

अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गबाट मुद्दा आफूमाथि मुद्दा दायर भएको जिकिर गरेका छन् । ‘नबिराउनू, नडराउनू’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।