२३ जेठ, काठमाडौं । बाजुरा जिल्लाकोे बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।
आगलागीबाट ४० भन्दा बढी पसलहरू जलेका छन् । क्षति यकिन भएको छैन ।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि धनमालको भने धेरै क्षति भएको छ ।
आगोलाई डोजर र ट्यांकरको सहयोगमा बाम्काको आगो निभाइएको थियो ।
बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।
प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो ।

