Breaking News

कञ्चनपुर क्वारेन्टाइनमा सुरक्षार्थ कार्यरत तीन जना प्रहरीलाई कोरोना संक्रमण

२७ जेठ, काठमाडौं । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।

उनका अनुसार संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना संक्रमण देखिएको हो। प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ ।

क्वारेन्टिनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ ।

(रासस)