प्रधानमन्त्रीद्धारा सांसदहरुले उठाएका जवाफमा आज संसदमा सम्बोधन गर्नु हुने

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ‘सांसदहरुले उठाउनु भएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीज्यूले सम्बोधन गर्नु हुने भएको छ ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
त्यसपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी आजै पारित गर्ने सम्भावित कार्यसूचीसमेत राखिएको छ ।