३९ जना सवार ट्रिफर कर्णाली नदीमा खस्यो विवरण आउन बाँकी

२८ जेठ, कालिकोट, लालिगाढ । आज बिहान करिब १०ः४५ बजेको समयमा कालिकोट जिल्लाको नगरहीनाथ गाउँपालिका को लालीगाढ बजारदेखि अगाडी चिररीकुनाबाट ३९ जना सवार ट्रिफर कर्णाली नदीमा खस्न पुगेकोछ ।

तिनीहरुलाई क्वरोन्टनाइनमा राख्नका लागि लगिरहेको बताइएको छ ।

कोरोना लकडाउनका कारण भारतबाट घर आएका कालिकोट रास्कोट नगरपालिकाका अनुमानीत करिब ३९ जना स्थानीयलाई सोही नगरपालिकाले उद्दा गर्ने क्रममा आज बिहान १०ः४५ बजे लालीगाढ बजारबाट ट्रिफरमार्फत् लैजाने क्रममा लालीगाढ चिउरीकुना सडकबाट कर्णाली नदीमा खस्न पुगेको जानकारी पचालझरना गाउँपालिका ३ वडा निवासी तथा सोही ठाउँमा खाद्य व्यापारी खड्गराज कठायतले बताउनु भएको छ ।

उहाँका अनुसार नगरपालिकाले ट्रिफरमा अनुमान ३९ जना हालेर लगिरहेको बेला अचानक लालीगाढको चिउरी कुना सडकखण्डबाट कर्णाली नदीमा खस्न पुगेको बताउनु भयो । ट्रिफरका सवार ३९ जना मध्ये २ जनाको लास भेटिएको, ६ जना वेपत्ता भएको, अरु सम्पर्कमा आइरहेको  र खोजिकार्य र उद्दार  समेत भइरहेको कदर न्यूजलाई व्यापारी कठातले बताउनु भयो । ट्रिफर चालक धर्मराज धमला फरार भएको र ट्रिफर के कति कारणले कर्णाली नदिमा खस्न पुगेको एकिन अहिले थाहा नभएको समेत उनले बताए ।