Breaking News

अध्यक्ष बमद्धारा १४६ जना स्थानीयलाई क्वारेन्टाइनबाट बिदाई

२७ जेठ, काठमाडौं । भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरुलाई कालिकोट जिल्ला पलाँता गाउँपालिका अन्तर्गत रहेका क्वारेन्टाइनबाट १४५ जनालाई घर पठाइएको छ । वडा नम्बर ९ सरस्वती माविको क्वारेन्टाइनमा रहेका १४६ जनाको ¥यापिड टेस्ट आरडिटिबाट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको बताइएको छ ।

पलाँता गाउँपालिका स्वास्थ्य शाखाले दुवै क्वारेन्टाइनमा बसेका उनीहरुको ¥यापिट टेष्ट गरेको थियो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तिन हप्तादेखि गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

सरकारले भारत, अन्य मुलुक तथा नेपालका जुनसुकै ठाउँबाट आएका हरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच पछि मात्रै आज घर पठाउने निर्देशन बमोजिम तीन हप्तादेखि सरस्वती माविको क्वारेन्टाइनमा बस्दै आएकालाई घर फर्काइएको स्वास्थ्य शाखा प्रमुखले बताएका छन् । उनी दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए । क्वारेन्टाइन अवधि भर सबै किसिमको सुबिधा प्राप्त गरी स्वास्थ्य परिक्षण गरेर घर जान दिइएको हो । साथै पलाँता गाउँपालिकाका अन्य नागरीक पनि खुसी थिए ।

गाउँपालिका अध्यक्ष लक्षण बहादुर बमले अब सात दिन होम क्वारेन्टाइन बस्न समेत आग्रह गर्नु भएको छ । क्वारेन्टाइनमा बसेका १४६ जनालाई पालिका अध्यक्ष लक्ष्मण बम सहित जनप्रतिनिधि, स्वास्थकर्मी सुरक्षाकर्मी र स्थानीययले बिदाइ गरेका थिए ।

स्वास्थ्य परीक्षण गरी बिदा गरिएकाहरुलाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न आगह