Breaking News

सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न

केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर पार्ट्स वितरणको क्षेत्रमा ख्यातिप्राप्त कम्पनी सत्यदिप इन्टरनेसनलले केज पार्टनर्स मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ । गत जेठ २ गते (मे १६) चितवनको सौराहास्थित पार्क सफारी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा स्टेक होल्डर, पार्टनर र डिलरहरुले आफ्नो व्यावसायिक सफलता र भविष्यको योजना वारेमा जानकारी आदानप्रदान गर्ने अवसर पाएका थिए । सो अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले कम्पनीको दुई दशक देखिको यात्राको वारेमा जानकारी प्रदान गर्नुका साथै सत्यदिपको गुणस्तर, विश्वसनियता र देशब्यापी वितरण क्षमताको वारेमा जानकारी प्रदान गरेका थिए । सहभागी बिचमा अन्य कुराका अतिरिक्त केजको उत्पादन क्षमताका वारेमा विशेष प्रकारको भिडियो प्रदर्शन गरिएको थियो, जसले महत्वपूर्ण जानकारीका साथ सो दिनलाई अर्थपूर्ण बनाउन भूमिका खेलेको थियो । सो अवसरमा केजको ग्लोबल भिजन र प्रोडक्ट इनोभेसनको वारेमा केजका सेल्स डाइरेक्टर चोङ चिन सियोङ र केज ब्रान्डको नेपालमा बजार रणनीति, प्रभावशाली वृद्धि पथ र भविष्यको योजना वारेमा सत्यदिप इन्टरनेसनलका बिजनेस डेभलपमेन्ट म्यानेजर दिवाकर मिश्रले प्रस्तुतिकरण मार्फत जानकारी प्रदान गरेका थिए । सो अवसरमा सत्यदिपको लोभलाग्दो बजार प्रभाव वारेमा तथ्यांकिय प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रम समापनको अवसरमा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र कुमार मिश्रले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै नवीनता, विश्वास र सहकार्यसहित नेतृत्व गर्ने सत्यदिपको भिजनलाई पुनःपुष्टि गरे । नेपालमा केजले चाइनिज–ओरिजिन ब्याट्रीमा ४० प्रतिशत र नेपालको दुईपांग्रे सवारीको ब्याट्री बजारमा २० प्रतिशत भन्दा बढी बजार हिस्सा ओगटेको छ । यसकारण यो सेगमेन्टमा केज नम्बर १ ब्याट्री ब्रान्ड बनेको छ । सत्यदिप इन्टरनेसनल प्रा.लि. सन् २००२ मा स्थापना भएको हो, जसले नेपालमा प्रिमियम अटोमोटिभ स्पेयर पार्ट्स र ब्याट्रीको क्षेत्रमा विश्वासिलो वितरकको पहिचान कायम गरेको छ । नेपाली बजारमा बोस, भालेओ, जेडएफ र केज लगायतका विभिन्न ब्रान्डसँगको सहकार्यमा कार्य गरिरहेको सत्यदिप इन्टरनेसलन रिटेल नेटवर्क, विश्वसनियता र अतुलनीय सर्भिसका लागि परिचित छ ।