Breaking News

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन  (NTEAN)  को १२औ महाधिवेशन भव्यता पूर्वक सम्पन्न

“नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित २०८२ जेष्ठ १-२ गते भक्तपूर जिल्लाको बोडे स्थित कृषि बिकाश बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा सम्पन्न यस नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन  (NTEAN)  को १२औ महाधिवेशन भव्यता पूर्वक सम्पन्न भएकोछ । नेपाल सरकारका पूर्व संचार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलको प्रमुख आतिथ्यता, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पेशागत इन्चार्ज श्री रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष श्री पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्रीसंगीता पहाडी अर्याल, नेपाल टेलिकमका संचालक सदस्य श्री लोक बहादुर कटुवालको विशेष आतिथ्यतामा २०८२ जेष्ठ १ गते उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिज्यूहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षकहरू सहभागीता रहेको महाधिवेशनमा विगतमा सङ्गठनले कम्पनि, कर्मचारी र सेवा ग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै सङ्गठनले आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो ।

उक्त महाधिवेशनबाट श्री मणिकुमार पोखरेलको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष श्री आनन्द पौडेल, उपाध्यक्षहरू श्री राज किशोर चौधरी, श्री प्रकाश शर्मा, श्री जगत प्रसाद भुसाल, श्री छबीलाल न्यौपाने, श्री सृजना सापकोटा, महासचिव श्री गोबिन्द ढुंगाना, उपमहासचिवहरू श्री बचन ढुङ्गेल, श्री दिपक चौलागाईं, सचिवहरू श्री रोशन पाण्डे, कमल खत्री, श्री सावित्रा भट्टराई, कोषाध्यक्ष श्री मेघराज पोखरेल, सह-कोषाध्यक्ष श्री शालिकराम आचार्य, सदस्यहरू श्री प्रेमकला सम्बाहाम्फे, श्री शान्ति शर्मा बराल, श्री गायत्री थापा, श्री भिम कुमार राई, श्री राम बाबु सिंह, श्री रुद्र प्रसाद काफ्ले, श्री युबराज अधिकारी , श्री कृष्ण बहादुर थापा, श्री अशोक हिङ्गमांग, श्री प्रदीप ज्ञवाली, श्री रमेश पाठक, श्री प्रेम प्रसाद रिजाल, श्री कुमार बहादुर चुहान, श्री डिल्लीराज दुलाल, श्री ज्ञानेन्द्र कार्की , श्री केशव प्रसाद भुसाल, श्री अजय कुमार काफ्ले, श्री निल कमल बुर्जा, श्री लक्ष्मी प्रसाद पराजुली, श्री कामेश्वर पण्डित, श्री मेघनाथ ढकाल, श्री गणेश प्रसाद काफ्ले, श्री रुक्मांगत सापकोटा, श्री राम कुमार बस्नेत, श्री माधव प्रसाद जोशी सहित ४१ जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ । साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि सङ्गठन अझ सशक्त ढङ्गले क्रियाशील रहने सङ्कल्प गर्दै १४ बुँदे प्रस्ताव पारित गर्दै महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू, अतिथिज्यूहरू, कम्पनीका उच्च पदस्थ व्यवस्थापकज्यूहरू, कम्पनीमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधिज्यूहरू तथा देशभर बाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षक तथा स्वयं सेवकज्यूहरू, कर्मचारी मित्रहरू, पत्रकार मित्रहरू, महाधिवेशन सफल बनाउन अहोरात्र खटिनुहुने केन्द्रीय समितिका सम्पूर्ण निवर्तमान पदाधिकारीज्यूहरू, सहआयोजक बागमती प्रादेशिक समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू,महाधिवेशनमा सहयोग गर्ने सबै सहयोगी मनहरु, हल उपलब्ध गराई सहयोग गर्ने कृषि बिकाश बैंक केन्द्रिय प्रशिक्षण केन्द्र,बोडे भक्तपूर, तथा १२औ महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सबै प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।