आज देशभर कोरोना भाइरसका संक्रमित ३२३ थपिए

२७ जेठ, काठमाडौं । आज मंगलबार देशभरमा ३ सय २३ जनामा कोरोना भाइरसका संक्रमिण थपिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ भने अब संक्रमण हुन ५ जिल्ला बाँकी रहेका छन् ।