सुलेमानीलाई मार्न सुराकी दिने मान्छेलाई मृत्यु दण्ड दिने

एजेन्सी

२७ जेठ, काठमाडौं । इरानको एक अदालतले आफ्ना सैन्य कमाण्डर कसिम सुलेमानीबारे सुलेमानी कहाँ छन् भनेर अमेरिकालाई सूचना दिन एजेन्टलाई तथा नागरिकलाई छिट्र्टै मृत्युदण्ड दिने निर्णय गरेको छ ।

गत जनवरी ३ मा अमेरिकाले इरानको एलिट कुड फोर्सका प्रमुख सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरेर मारेको थियो। सुलेमानीले मध्यपूर्वमा अमेरिकी सुरक्षा फौजमाथि आक्रमण गर्न मास्टरप्लान बनाइरहेको अमेरिकाको आरोप थियो ।

‘सिआइए र मोसदका एजेन्ट महमउद मौसावी–मज्दललाई मृत्युदण्ड दिइएको छ । सुलेमानी कहाँ छन् भन्ने जानकारी हाम्रा दुश्मनहरूलाई दिएका थिए,’ अदालतका प्रवक्ताले भनेका छन् ।

सुलेमानीको हत्यापछि इरानले इराकस्थित अमेरिकी सैन्य अखडामा जवाफी आक्रमण गरेको थियो । तर उक्त आक्रमणमा अमेरिकी सेनातर्फ कुनै क्षति भएको थिएन ।