बालुवाटारमा बिरोध प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहोरा

२७ जेठ, काठमाडौं । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अभियान्ताहरुले नागरिकको स्वास्थ्यमाथि खेलवाड भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले पानीको फोहोरा सहित हस्तक्षप गरेको छ ।

उनीहरुले स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन गरेका थिए । प्रतिबन्धित क्षेत्रमा नाराबाजी र प्रदर्शन गरेको भन्दै पानीको फोहोराले नियन्त्रणमा लिन खोजेको प्रहरीले बताएको छ ।

प्रदर्शनकारी केहीलाई पक्राउ गरिएको छ ।
प्रदर्शनकारीहरुदे आरडिटी बन्द गरी पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने, कर तिर्न गरेको ताकेता, राष्ट्रपति कार्यालयमा फेर्न लागेको कार्पेट लगायतका विधित माग राखी प्रधानमन्त्री निवास अगाडी विरोध प्रदर्शन गरेका थिए ।