कोरोनाबाट सबैभन्दा बढी संक्रमित र मर्नेको संख्यामा अमेरिका एक नम्बरमा

अमेरिकामा कोरोना भाइरस संक्रमण १९,६०,६४२ जना छन् भने १,१०,९९० जनाको मृत्यु भइसकेको छ

२७ जेठ, काठमाडौं । चीनको ऊहान शहरबाटबाट फैलिएको कोभिड–१९ नामको कोरोना भाइरसको कहर अहिले संसारभरि अझै चलिरेको छ । यसक्रममा यो भाइरसको आक्रमणबाट सबैभन्दा बढी मर्नेको र संक्रमित संख्या अमेरिका नै रहेको छ । विश्वकै सबैभन्दा शक्तिशाली, ठूलो अर्थतन्त्र र बलियो स्वास्थ्य प्रणाली भएको मानिएको देश अमेरिकामा यतिखेर १९,६०,६४२ जना संक्रमति भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा अहिलेसम्म १,१०,९९० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको संक्रमणले सबैभन्दा बढी पीडित दोस्रो राष्ट्रमा ब्राजिल छ । हालसम्म त्यहाँ ७,०७,४१२ जना संक्रमित भइसकेका छन् । त्यसपछि क्रमशः रुस (४,७६,०४३), बेलायत २,८८,८३४), भारत (२,६५,९२८), स्पेन (२,४१,७१७), इटाली (२,३५,२७८), पेरु (१,९९,६९८), फ्रान्स (१,९१,३१३) र जर्मनी (१,८६,१०९) जना छन् ।

कोरोना संक्रमणकै कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिकापछि बेलायतको नाम आउँछ । त्यहाँ हालसम्म ४०,६८० जनाको मृत्यु भएसकेको छ । त्यसपछि क्रमशः ब्राजिल (३७,१३४), इटाली (३३,९६४), फ्रान्स (२९,२१२), स्पेन (२७,१३६), मेक्सिको (१४,०५३), वेल्जियम (९,६०६), जर्मनी (८,६९५) र इरान (८,३५१) जना छन् ।

तथ्यस्रोतः जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिन। (२०७७ जेठ २७ गते बिहान ९ः३० बजेसम्मको तथ्यांक)