जागिरबाट निकालिंदा आफ्नै शरीरमा आगो लगाई आत्मदाह

२६ जेठ, अछाम । आज सोमबार बिहानै सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको बयलपाटा अस्पताल परिसरमा सोही अस्पतालमा काम गर्ने कार्यलय सहयोगीद्धारा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए ।

२५ वर्षीय सिद्धार्थ आउजीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाई दनदनी बल्न थालेपछि त्यहाँ उपस्थित हतार–हतार निभाए । आगो निभाइए पनि उनको शरीरको धेरै भाग जलिसकेको थियो । जलेको शरीरको उपचार सोही बयलपाटा अस्पतालमा सम्भव हुन सकेन ।
संयोगले गर्भवती महिलालाई लिन आएको हेलिकप्टर सोही हेलिकप्टरमा राखेर आउललाई कोहलपुर मेडिकल कलेज ल्याइएको थियो । तर उनको कोहलपुरमा उपचाररत नै आजै साँझ मृत्यु भएको छ ।

उनले आफ्नै शरीरमा आगोल लगाएर ‘आत्मदाह’ कुनै रहर र बाध्यता थिएन होला । कोरोना भाइरसका कारण लामो लकडाउन, र त्यही लकडाउनकै कारण गुमाउन परेको उनको जागिर, भविष्यप्रतिको अनिश्चितता र असुरक्षाले नै उनले यस्तो आत्मदाह गर्न बाध्य पुर्याएको हुनसक्छ ।

कारण अस्पतालको पनि गल्ति हुनसक्छ किननी उनले अस्पताल परिसरमै आत्मदाह गरे कारण त्यतातिर पनि सोझिएको छ । मृतक सिद्धार्थ सोही अस्पतालमा विगत २ वर्षदेखि सरसफाई गर्दै आएका कर्मचारी हुन् ।

करारको त्यही जागिरले उनले घरपरिवार र अरु समस्या सुल्झाएर जिवन बिताइरहेका थिए । अस्पतालका शौचालय सफा गरेर र भुइँ पुछेर कमाएको पैसाले उनी श्रीमती र दुई छोराछोरीको परिवार पालिरहेका थिए ।

उनका नाममा पैतृक सम्पत्ति केही पनि छैन । उनका बुवाआमा र दाजुभाउजू पनि पेट पाल्न भारतको बम्बई तिर रहेको बुझिएको छ ।

लकडाउन सुरू भएको महिना दिनपछि अस्पताल सञ्चालन गर्ने न्याय हेल्थ नेपालले कर्मचारी कटौतीको सूची निकाल्यो ।

जागिर जाने ३५ जनाको उक्त सूचीमा मृतकको पनि नाम थियो । उक्त सूचीसँगै उनले एउटा सूचना पाए । कर्मचारी कटौती गर्ने निर्णयअनुसार जुलाईको अन्त्यमा तिम्रो करार सकिन्छ त्यसपछि हामीले अवधि थप्ने छैनौं ।

लकडाउनका बेला अस्पतालले जागिरबाट निकाल्ने सूचना दिएपछि आउजी तनावमा थिए ।

श्रीमती गौरी आउजीका अनुसार केही दिनदेखि उनी बिहान काममा जाने र बेलुका आएर नबोली सुत्ने गर्थे । आइतबार बेलुका पनि उनले त्यसै गरी सुकेतका थिए ।

’आज बिहान खाना खाएपछि अफिस जान्छु भन्दै घरबाट निस्केका थिए,’ उनी श्रमती भन्छिन्, उनले यस्तो गर्लान् भन्ने हामीले त सोचेका पनि थिएनौं ।

कर्मचारी कटौतीको सूचना निकालेपछि तिनिहरुले अस्पताल व्यवस्थापनमार्फत् न्याय हेल्थसँग कुरा गरेका पनि रहेछन् । तर सिद्धार्थले आफैंलाई आगो लगाएर समाप्त भए ।