सुदूरपश्चिम प्रदेशका ४ जिल्लाका ३७ जनामा कोरोना भाइरस संक्रमित

२६ जेठ, डोटी । सोमबार साँझ थप कोरोना भाइरसका संक्रमित थपिएका छन् । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिकाका एक, भीमदत्त नगरपालिकाका पाँच र पुनर्वास नगरपालिकाका १३ गरी १९ जना रहेका छन ।

त्यसैगरी दार्चुलामा शैल्यशिखर नगरपालिकाका आठ, लेकम गाउँपालिकाका एक र महाकाली नगरपालिकामा एक गरी १० जना रहेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकाका दुई, परशुराम नगरपालिकाका तीन र नवदुर्गा गाउँपालिकाका एक गरी सातजना रहेका छन् । यस्तै कैलालीको जानकी गाउँपालिकाका एकजनामा पनि सोमबार कोरोना संक्रमण पुष्टि भएको डा मिश्रले बताए ।

सोमबार थपिएका संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको १४७ पुगेको छ । कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई जना संक्रमितको मृत्यु भएको छ भने १८ जना निको भएर घर फर्किएका छन् ।