Breaking News

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ मनहरी गाउँपालिका–५ वसन्तपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर २८ वर्षीय अविरल थिङको मृत्यु भएको हो । सोही घटनामा ५६ वर्षीय सिंहबहादुर थिङ ९मृतकका बवा० र १० वर्षीय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।