काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानविरुद्ध खेलिरहेको छ । काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ
गर्दैछ ।
नेपालले पहिलो खेलमा आइतबार यूएईमाथि डिएल पद्दतिअनुसार ५ रनको जित निकाल्दै विजयी सुरुआत गरिसकेको
छ । ओमानले भने हिजो नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटको फराकिलो हार बेहोरेको थियो । आजै तल्लो मुलपानी मैदानमा अफगानिस्तानले हङकङसँग खेल्ने छ ।
नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू–१९ विश्वकपमा छनोट हुने छन् ।